लाभांश संशोधन गरेर अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

  २०८१ असोज १९ गते १६:१२     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति निर्धारण गरेको छ । यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा तथा कात्तिक २ गते गर्ने बुक क्लोज गर्ने निर्णय गरेको छ ।

विद्युत नियमन आयोगले यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश  स्वीकृत नगरेपछि कात्तिक १ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो ।

कम्पनीको असोज १८ मा सम्पन्न संचालक समितिको बैठकले आव २०८१/०८१ को खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रायोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको कम्पनीले जनाएको छ ।

यसअघि ९ प्रतिशतका दरले वोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो ।

कम्पनीले अब नयाँ लाभांश पछिको नाफाको रकम ४.२५०३ प्रतिशत बराबरको रकम २४ करोड ५९ लाख ५२ हजार ९२ रुपैयाँ कम्पनीको जगेडा कोषमा राख्ने निर्णय समेत गरेको छ । साथै साधारण सभा प्रयोजनका लागि आगामी कात्तिक २ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.