त्रिभुवन विमानस्थलमा थप २ वटा एटीएम मेसिन जडान गरिने, भाडा ७६ लाख ८० हजार रुपैयाँ

  २०८१ असोज २० गते ७:३२     विकासन्युज

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयल गौचरले अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन परिसरमा एटीएम मेसिन सञ्चानलका लागि बोलपत्र आह्वान गरेको हो ।

कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ अध्यागमन परिसरमा राष्ट्रिय वाणिज्य बैक नजिकै पूर्वतिर तोकिएको स्थानमा एटीएम मेसिन जडान गरिनेछ । प्रत्येक एटीएमको लागी ३.०१ वर्गमिटर क्षेत्रफलको दरले जम्मा ६.०२ वर्ग मिटर क्षेत्रफलमा २ वटा फरक फरक बैंकको एटीएम राखिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको भाडामा दिइने भएकाले ईच्छुक बैंकले बोलपत्र दाखिला गर्नुपर्नेछ । बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको छ । एटीएम मेसिनको भाडा ५ वर्षका लागि ७६ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.