दिल्ली र मुम्बईलाई पछि पार्ने दौडमा नोएडा, प्रोपर्टीको हबमा छिरे डेभलपर्स

  २०८१ असोज २१ गते ११:२५     विकासन्युज

काठमाडौं । यसअघि भारतमा जहिले पनि ठूला सहरमा सम्पत्ति किन्ने कुरामा दिल्ली र मुम्बईको नाम अगाडि आउने गर्दथ्यो । तर, पछिल्ला केही वर्षमा तस्बिर फेरिएको छ । भारत र संसारभरिका मानिसहरू निवास र व्यापारको लागि उत्तर प्रदेश र एनसीआरको प्रमुख सहर नोएडातिर लागिरहेका छन् ।

यही कारणले गर्दा नोएडामा जग्गाको मूल्य आकाशिन थालेको छ । त्रैमासिक आधारमा सन् २०२४ मा यहाँ जग्गाको मूल्य ७ प्रतिशतले बढेको एक प्रतिवेदनले देखाएको छ ।

नोएडा एनआरसीको प्रमुख सहरमा पर्छ । दिल्लीसँग जोडिएको पश्चिमी उत्तर प्रदेशको यो सहरले पछिल्ला केही वर्षमा धेरै ठूला परिवर्तनहरू देखेको छ । यस्ता परिवर्तनले व्यवसायलाई मात्रै गति दिएको छैन, रोजगारीको अवसर पनि बढाएको छ ।

देशकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि यहीँ बनिरहेको छ । उक्त विमानस्थल आगामी अप्रिलबाट सुरु हुने अपेक्षा गरिएको छ । यसैबीच, सेमीकन्डक्टर र अन्य धेरै क्षेत्रहरूसँग सम्बन्धित कम्पनीहरूले पनि नोएडामा आफ्नो प्लान्ट स्थापना गर्न लागेका छन् ।

नोएडामा भइरहेको विकासलाई देखेर यहाँ रियल इस्टेटमा उछाल आएको छ । पहिले धेरै किफायती मूल्यका परियोजनाहरू हुने गरेको भए पनि अहिले प्रिमियम लक्जरी दायराका परियोजनाहरू सुरु भएका छन् । विकासकर्ताहरूले ५ करोडभन्दा माथिको प्रिमियम लक्जरी परियोजनाहरू सुरू गर्दैछन् । यो परिवर्तनले बलियो पूर्वाधार र विलासी जीवन बिताउने इच्छालाई झल्काउँछ ।

नोएडामा महँगो बन्नुका कारण

जेवर विमानस्थल

जेवर विमानस्थल ग्रेटर नोएडामा निर्माण भइरहेको देशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसको काम द्रुत गतिमा भइरहेको छ । आगामी अप्रिलदेखि यहाँबाट उडान सुरु हुनेछ । तर, यो विमानस्थल पूर्णरूपमा तयार हुन अझै समय लाग्ने छ ।

मेट्रो कनेक्टिभिटी 

मेट्रो दिल्लीका जनताको जीवन रेखा बनेको छ । नोएडामा पनि यो द्रूत गतिमा फैलिरहेको छ । हाल नोएडामा ब्लू लाइन र एक्वा लाइन चल्छ । यी मेट्रोलाई विस्तार गर्ने र नयाँ रुटमा मेट्रो सञ्चालन गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ । नमो भारत ट्रेन नोएडामा पनि चल्नेछ । यसबाहेक अन्य धेरै प्रकारका यातायात सञ्चालन हुन थालेका छन् ।

अन्य सहरहरूसँग कनेक्टिभिटी

नोएडा एक्सप्रेसवेको हब पनि बनिरहेको छ । जसमा यमुना एक्सप्रेसवेदेखि इस्टर्न पेरिफेरल एक्सप्रेसवेसम्म पर्दछन् । साथै, नोएडासँग राष्ट्रिय राजमार्ग २४, र राष्ट्रिय राजमार्ग ९१ सहित धेरै राजमार्गहरूसँग जोडिएको छ । दिल्ली–मुम्बईबीच निर्माण भइरहेको एक्सप्रेसवे पनि नोएडा हुँदै जानेछ । यस्तो अवस्थामा नोएडाबाट सडक हुँदै देशको कुनै पनि कुनामा सजिलै पुग्न सकिन्छ ।

सेमीकन्डक्टर हब

नोएडालाई सेमीकन्डक्टर हब बनाउने तयारी भइरहेको छ । यसका लागि ठाउँ तयार छ । धेरै कम्पनीहरूले यहाँ आफ्नो प्लान्ट स्थापना गर्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै कौटिल्य कन्क्लेभमा भनेका थिए कि विश्वमा ‘मेड इन इन्डिया’ चिप्स हुनेछ । यस्तो अवस्थामा यहाँ भविष्यका उद्योगहरूको सेटअप भइरहेका छन्, जसका कारण आगामी दिनमा यो सहर विश्वको नक्सामा चम्किने देखिन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.