स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार, अब सातैबाट प्रदेश सेवा दिने

  २०८१ असोज २० गते १६:४७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सातै प्रदेशमा पुगेकाे छ । शनिबार कर्णाली प्रदेशकाे वीरेन्द्रनगर र आइतबार सुदूरपश्चिमकाे धनगढीमा एकैसाथ दुईवटा नयाँ शाखाकाे उद्घाटन भएकाे हाे ।

उक्त शाखा कार्यालयसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सातैवटा प्रदेशमा बिस्तार भएकाे छ ।

नेपाल राष्ट्र बैंककाे एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा शाखा कार्यालय खाेल्नुपर्ने हुन्छ ।

दुवै शाखाकाे उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयहरूकाे स्थापनाले वीरेन्द्रनगर र धनगढीकाे आर्थिक विकासका लागि थप अवसर सिर्जना गर्ने विश्वास लिएकाे छ ।

नेपालमा एक मात्र अन्तराष्ट्रिय बैंककाे रूपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न सेवा प्रदान गर्दै आइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.