आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु, खाद्यले १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने

  २०८१ असोज २० गते १७:२७     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ ।

नेपालीहरूकाे महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै बिक्री सुरु गरेको हो

खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् ।

उनले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौंडा र दाङबाट ल्याइएको जानकारी दिइन् ।

उनले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताइन् ।

उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर बिक्री गरिरहेकाे उल्लेख गरिन् ।

प्रमुख थापाले एक जनालाई एउटाभन्दा बढी उपलब्ध नगराइएको पनि बताइन् ।

मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । खाद्यसँगै अरू निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाडाैंमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.