कुमारी बैंकको ‘दशैं दक्षिणा अफर’, ट्रान्सफर रकमको २५ प्रतिशतसम्म पाउने

  २०८१ असोज २१ गते १३:२४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैं दक्षिणा अफर ल्याएको छ ।

बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङ रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ ।

त्यसैगरी, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदवापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्ने जनाइएकाे छ ।

बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।

‍विगत २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.