करको लक्ष्य पूरा नभए राजस्वका सबै कर्मचारी असुरक्षित हुनेछन् : अर्थमन्त्री

  २०८१ असोज २१ गते १४:२३     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यालय प्रमुखहरू कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो ।

अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशन दिए । लक्ष्य पूरा गर्नका लागि करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रूपमा अलग हुनुपर्नेमा जाेड दिए । उनले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए ।

‘विभिन्न कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु । धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ’, उनले भने ।

उपप्रधानमन्त्री पौडेलले आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा जोडसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.