अनलाइन कारोबारलाई सुरक्षित बनाउन महालक्ष्मी बैंकले ल्यायो ‘भिसा ३ डी सेक्युअर्ड कार्ड’

  २०८१ असोज २१ गते १५:४२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा थप गरेकाे छ । डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई सुरक्षित बनाउन भिसा ३ डी सुविधा थप गरेकाे हाे ।

यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्ने महालक्ष्मी पहिलाे विकास बैंक बनेकाे छ ।

भिसा ३ डी ले अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने र ग्राहकहरूको कार्डको विवरण अनाधिकृत रूपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएकाे छ । साथै प्रत्येक कारोबारसमेत प्रमाणीकरण हुने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्न इमेल वा मेसेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (‌ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।

३ डी सुविधाका फाइदाहरू

यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरू अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्ने

ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सकिने

रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने

विश्वभर रहेका हजारौं इ­कमर्श वेभसाइटहरुले भिसा ३ डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरूले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्ने।

यससम्बन्धी थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.