नीति बनाउँदा दीर्घकालीन फाइदा दिने हिसाबले बनाउनुपर्छ : अध्यक्ष ढकाल

  २०८१ असोज २१ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तरपछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरू बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए ।

उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुनेमा जाेड दिए ।

उनले अनुगमनको हिसाबले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गरे ।

अध्यक्ष ढकालले भने, ‘हामीले नयाँ पोलिसीहरू बनाउने क्रममा कतिपय चिजमा नियम, कानुन परिवर्तन गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरू लहडमा भएका छन् । राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसाबले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिज अनुगमनको हिसावले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’

उनले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए । स्थिर नीति हुँदा व्यवसायहरू पनि फस्टाउने उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.