निगमले फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने, भाडा ७ हजार

  २०८१ असोज २२ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

फूलपातीको दिन ए ३२० जहाजले काठमाडौं-भैरहवा उडान भर्ने निगमले जनाएकाे छ ।

निगमका प्रवक्ता रमेश पौडेलले पर्वकाे अवसरमा आन्तरिक उडानमा परेकाे चापलाई कम गर्न न्याराेबडी सञ्चालन गर्न लागिएकाे जानकारी दिए ।

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो।

निगमकाे वेबसाइट वा मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.