बाढी पहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख सहयोग

  २०८१ असोज २२ गते १६:३०     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

बैंकका अनुसार गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगत देखीनै सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.