एनसेल फाउन्डेसनले गर्यो गोदाबरीका बाढीपहिरो पीडितलाई राहत वितरण

  २०८१ असोज २२ गते १८:४२     विकासन्युज

काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेकाे छ ।

एनसेल फाउन्डेसनले सोमबार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन् ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडामा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू पनि सञ्चालन गरिरहेको छ ।

एनसेलले हाल देशभरका १ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्दै आइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.