२०८१ असोज २३ गते १३:४९ विकासन्युज
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको आम्रापाली ब्याङक्वेटमा बुधबार सभा सम्पन्न भएको हो ।
उक्त सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्त पुँजीकाे १० प्रतिशत बोनस सेयर र करवापत ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । यसैगरी, बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ ।
यसका साथै आर्थिक वर्ष २०७९/०८० को वासलत, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.