कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने

  २०८१ असोज २३ गते १३:४४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरे ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरकाे टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।

बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.