२०८१ असोज २३ गते १५:५२ विकासन्युज
काठमाडौं । दशैं-तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौंमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको जनविश्वास छ ।
यता आकाशमा रंगीविरंगी चंगा उड्न थालेपछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौं उपत्यकाका गल्ली चोकदेखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ ।
अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरूले बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.