यी हुन् बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेका २६ महिला

  २०८१ असोज २७ गते १६:०१     लक्ष्मण लम्साल

काठमाडौं । नेपालको बीमा क्षेत्रमा महिलाहरुको सहभागीता बढ्दै गएको छ । सामान्य कर्मचारीदेखि उच्च व्यवस्थापनमा महिलाको उपस्थिति बाक्लो देख्न सहिन्छ । हाल १८ वटा निर्जीवन, १७ वटा जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी गरी गरी कुल ३८ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

निर्जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा महिलाको सहभागीता राम्रै देख्न सकिन्छ । तर, जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा भने महिलाको सहभागीता निर्जीवनको तुलनामा कम छ । १८ निर्जीवन कम्पनीमध्ये एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला छिन् । त्यसैगरी, ३ वटा निर्जीवन बीमा कम्पनीमा नायब कार्यकारी अधिकृत महिला रहेकी छिन् ।

उपसना पौडेल: हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी सन् २०२३ को सेप्टेम्बरदेखि कम्पनीको सीईओमा नियुक्त भएकी हुन् । यसअघि उनी सोही कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिइन् । सन् २०१० मा भारतको कुमिन्स इन्डिया (रिकोन इन्डिया) मा काम गरेकी पौडेल त्यसपछि आईसीआईसीआई लोमबर्डमा काम गरेकी थिइन् । करिब ३ वर्ष उक्त कम्पनीमा काम गरेकी पौडेलसँग भारतकै अन्य विभिन्न जनरल इन्स्योरेन्समा काम गरेको अनुभव छ ।

सन् २०१९ मा भने उनी नेपाल फर्किएपछि साविक यूनाइटेड इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त भइन् । पछि उनी सोही कम्पनीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनिन् । नेपालको बीमा क्षेत्रको पहिलो महिला सीईओ बन्ने अवसर पाए उनले यूनाईटेड र अजोड मर्जरपछि भने हिमालयन रिइन्स्योरेन्समा आएकी हुन् ।

अन्जु श्रेष्ठः हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ हुन् अन्जु श्रेष्ठ । गत असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएकी श्रेष्ठले साविकको हिमालयन जनलर इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेकी हुन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जपछि हिमालयन एभरेष्टमा पनि उनी डीसीईओ नै भएर काम गरेकी थिइन् । श्रेष्ठ पुनर्बीमा र जिर्नीवन बीमामा अब्बल रहेको बुझिएको छ ।

बरिश्मा साउद आचार्यः दुई दशकभन्दा बढी नेपाली बीमा क्षेत्रमा कार्यरत बरिश्मा साउद आचार्य सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको)को नायब कार्यकारी अधिकृत हुन् । यसअघि उनी साविक लुम्बिनी जनरल इन्स्योरेन्सको डीसीईओ थिइन् । साविकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा आउनु अघि उनी शिखर इन्स्योरेन्समा कार्यरत थिइन् । शिखरमा उनले नायव महाप्रबन्धक (डीजीएम) भएर काम गरेकी थिइन् ।

सविता मास्केः शिखर इन्स्योरेन्सको नायब कार्यकारी अधिकृत (डीसीईओ)को भुमिकामा रहेकी सविता मास्केसँग बीमा क्षेत्रको २ दशक भन्दा बढी अनुभव छ । मोटर, अग्रिबीमा लगायत विभागको लामो समयदेखि नेतृत्व गरेकी मास्केले हाल अण्ड्ररराईटिङ्ग विभाग प्रमुख छिन् । उनी नेपालको पहिलो एसीआईआई चार्टर्ड बीमाकर्ता महिला समेत हुन् ।

सिरिशा मरुजोल्लाः सिरिशा मरुजल्ला द ओरिएन्टल इस्योरेन्स नेपालकी नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि ओरियन्टल इण्डियाको शाखाको शाखा प्रमुख थिइन् । बीमा क्षेत्रमा २ दशकको अनुभव हासिल गरेकी मरुजोल्लाले निर्जीवन बीमा क्षेत्रमा विभिन्न विभागमा काम गरिसकेकी छिन् ।

रिना रिजालः सानिमा जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धक (डीजीएम) रहेकी रिना रिजाल बीमा क्षेत्र प्रवेश गर्नुअघि बैंकिङ क्षेत्रमा काम गरिरहेकी थिइन् । बैंकिङ क्षेत्रबाट करियर सुरु गरेकी उनले १४ वर्ष कुमारी बैंकमा काम गरेपछि बीमा क्षेत्रमा प्रवेश गरेकी हुन् । साविक सानिमा जनरल इन्स्योरेन्समा डीजीएम भएर आएकी उनी जीआईसी इन्स्योरेन्ससँग मर्जपछि पनि सोही पदमा कार्यरत छिन् । उनले मार्केटिङमा एमबीए गरेकी छिन् ।

कविता जोशीः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत कविता जोशीसँग बीमा क्षेत्रको २८ वर्ष बढीको अनुभव छ । साविक प्रिमियर इन्स्योरेन्सबाट बीमा क्षेत्रको करियर सुरु गरेकी जोशीसँग पुनर्बीमाको अनुभव समेत छ । सिद्धार्थ र प्रिमियर मर्जपछि उनी पुनर्बीमा विभाग प्रमुख रहेर काम गरिरहेकी छिन् ।

उदिता जोशीः आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहायक महाप्रबन्धक हुन् उदिता जोशी । उनीसँग बीमा क्षेत्रको २ दशक बढीको अनुभव छ । सन २००४ मा साविकको यूनाईटेड इन्स्योरेन्सबाट बीमा क्षेत्र प्रवेश गरेकी जोशीले सो कम्पनीमा ४ वर्ष काम गरेपछि साविकको प्रुडेन्सियल इन्स्योरेन्समा प्रवेश गरेकी थिइन् । चिफ म्यानेजर भएर लामो समय काम गरेकी जोशी सन् २०२० मा भने सहायक महाप्रबन्धकमा बढुवा भएकी हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमबीएम गरेकी छिन् ।

सुलना श्रेष्ठ: सुलना श्रेष्ठ नेपाल इन्स्योरेन्सको प्रबन्धक (म्यानेजर) हुन् । अधिवक्ता समेत रहेकी श्रेष्ठले काठमाडौं स्कुल अफ ल बाट एलएलबी गरेकी छिन् । त्यसैले कम्पनीले उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिएको छ । साविक लक्ष्मी बैंकबाट करियर सुरु गरेकी श्रेष्ठले २ वर्ष ७ महिनपछि भने बीमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । सन् २०१९ मा काननु प्रबन्धक बनेर नेपाल इन्स्योरेन्समा प्रवेश गरेकी श्रेष्ठ सन् २०२३ देखि कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

डा.सृजना पन्थ र रजनि पौडेलः डा. पन्थ र पौडेल राष्ट्रिय बीमा कम्पनीको प्रमुख व्यवस्थापक हुन् । दुवै जनाले तत्कालीन राष्ट्रिय बीमा संस्थानबाट करियर सुरु गरेका हुन् । साथै दुवै जनाले सन् २०१० मा सहायक प्रबन्धकका रूपमा एकैदिन काम सुरु गरेका हुन् । डा. पन्थले बीमा विषयमा विद्यावारीधि गरेकी छिन् भने पौडेलले फाइनान्समा स्नातकोत्तर गरेकी छिन् ।

सुनिता पोखरेलः सुनिता पोखरेल नेपाल लाइफकी वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २००८ देखि नेपाल लाइफमा आवद्ध छिन् । एमबीएस गरेकी उनीसँग कम्पनीको विभिन्न विभागमा काम गरेको अनुभव छ ।

सुस्मिता राणाः नेशनल लाइफकी सुस्मिता राणा सहायक प्रमुख प्रबन्धक पदमा काम गरिरहेकी छिन् । उनी कम्पनीको गुनासो सुन्ने अधिकारी समेत हु्न् ।

उजीला मानन्धरः उजीरा मानन्धर एशियन लाइफको प्रबन्धक हुन् । उनी विगत १५ वर्षदेखि जीवन बीमा क्षेत्रमा काम गर्दै आएकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी मानन्धरसँग देश तथा विदेशमा आयोजित जीवन बीमा सम्बन्धी विभिन्न तालिमको अनुभव समेत छ ।

सुमना न्यौपानेः जीवन बीमा क्षेत्रमा करिब २ दशक अनुभव बटुलेकी सुमना न्यौपाने हाल सन नेपाल लाइफको प्रबन्धक हुन् । उनी कम्पनीको माइक्रो इन्स्योरेन्स विभाग प्रमुखको भुमिकामा छिन् । उनी सन २०२१ देखि सन नेपालमा आवद्ध भएकी हुन् । त्यसअघि उनी तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा थिइन् । उनले सन् २००८ देखि सन् २०२१ सम्म सूर्य लाइफमा काम गरेकी हुन् ।

मन्जु थापाः मन्जु थापा नेपाल पुनर्बीमा कम्पनीको प्रमुख पबन्धक हुन् । उनी विगत २ वर्षदेखि कम्पनीको प्रमुख प्रबन्धक रहेकी उनले संयुक्त राष्ट्र विकास कार्यक्रमबाट आफ्नो करियर सुरु गरेकी हुन् । थापासँग बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा समेत काम गरेको अनुभव छ । उनी प्राधिकरणमा सहायक निर्देशक थिइन् । सन् २०१९ देखि सामाजिक सूरक्षा कोषमा वरिष्ठ सहायक निर्देशक भएर काम गरेकी थापा सन् २०२२ मा नेपाल पुनर्बीमा कम्पनीम प्रवेश गरेकी हुन् ।

लक्ष्मी पौडेलः लक्ष्मी पौडेल नेपाल पुनर्बीमा कम्पनीको वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २०२२ देखि यस कम्पनीमा कार्यरत छिन् ।

यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीको सह व्यवस्थापकमा ६ जना महिला रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शान्ता पोखरेल, आशा कुमारी बस्नेत, शारदा पाण्डे लोहनी, शुलक्षणा पण्डित, दीपा अधिकारी र बिन्दु शर्मा कम्पनीको सह व्यवस्थापक पदमा कार्यरत छन् ।

कविता शर्माः कविता शर्मा स्टार माइक्रो इन्स्योरेन्सको महाप्रबन्धक हुन् । विगत एक वर्षअघि कम्पनीमा आवद्ध हुनुअघि उनी विद्युत उत्पादन कम्पनीमा काम गर्थिन् । त्यसअघि उनले मेगा बैंकको रिलेसनसिप म्यानेजरको रुपमा काम गरेकी थिइन् ।

प्रबिना नेपाल: नेपाल माइक्रो इन्स्योरेन्सको जनरल म्यानेजर हुन् प्रविना नेपाल । उनी कम्पनीको तेस्रो नम्बरमा छिन् ।

सुनिता कोइराला: सुनिता कोइराला गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख प्रबन्धक हुन् । उनी स्वास्थ्य क्षेत्रबाट बीमा क्षेत्रमा आएकी हुन् । उनले दुई वटा विषयमा स्नातकोत्तर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.