एभरेष्ट बैंकका कर्मचारीको तलब १३.१७ प्रतिशत बढ्यो

  २०८१ असोज २८ गते १८:०४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका कर्मचारीको तलब भत्ता १३.१७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा बैंकका कर्मचारीको तलबभत्ता १३.१७ प्रतिशत अर्थात् २८ करोड ५ लाख रुपैयाँ बढेर २ अर्ब ४१ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कर्मचारीलाई तलब भत्ता भुक्तानी गरेको थियो ।

बैंकका अनुसार कर्मचारीलाई तलवबापत ७९ करोड २२ लाख रुपैयाँ, भत्ताबापत ५० करोड २१ लाख रुपैयाँ, उपदानबापत ९ करोड ४४ लाख रुपैयाँ, संचय कोषबापत ७ करोड २३ लाख रुपैयाँ, पोशाकबापत ९३ हजार रुपैयाँ भुक्तानी गरिएको हो । अघिल्लो वर्ष बैंकले तलवबापत ७४ करोड ४६ लाख रुपैयाँ, भत्ताबापत ४२ करोड १९ लाख रुपैयाँ, उपदानबापत ९ करोड ४९ लाख रुपैयाँ, संचय कोषबापत ६ करोड ८६ लाख रुपैयाँ, पोशाकबापत २४ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।

यस्तै तालिम तथा विकासमा ३ करोड ४३ लाख रुपैयाँ, संचित विदाबापत १२ करोड ६ लाख रुपैयाँ, औषधी उपचारबापत ७८ लाख ९५ हजार रुपैयाँ, बीमाबापत २ करोड १७ लाख रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ । अघिल्लो वर्ष तालिम तथा विकासमा २ करोड ९ लाख रुपैयाँ, संचित विदाबापत ९ करोड २३ लाख रुपैयाँ, औषधी उपचारबापत ७६ लाख ७० हजार रुपैयाँ, बीमाबापत १ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो ।

बैंकका अनुसार गत वर्ष एनएफआरएस अन्तर्गत वित्तीय खर्च ९ करोड ६४ लाख रुपैयाँ, कर्मचारी सम्बन्धी अन्य खर्च ३ करोड ९३ लाख रुपैयाँ र कर्मचारी बोनसबापत ६२ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

साथै बैंकमा कर्मचारीको संख्या समेत बढेको छ । अघिल्लो वर्ष १ हजार ९७ जना कर्मचारी कार्यरत रहेकोमा गत वर्ष १ हजार १५६ जना पुगेका हुन् ।

कमिशन आम्दानी डेढ अर्ब रुपैयाँ

बैंकले गत वर्ष डेढ अर्ब रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो आम्दानी २१.५८ प्रतिशत बढाएको हो ।

शुल्क र कमिशन आयमा व्यवस्थापन शुल्क, सेवा शुल्क, सिन्डिकेशन शुल्क, विदेशी मुद्रा लेनदेनबाट कमिशन लगायत आम्दानी समावेश गरिएको हुन्छ । बैंकका अनुसार गत असारसम्म कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्कबापत ८ करोड ८३ लाख रुपैयाँ, सेवा शुल्कबापत ३७ करोड ८७ लाख रुपैयाँ, प्रतिवद्धता शुल्कबापत ३६ लाख ७९ हजार रुपैयाँ, डिडि/टिटि/स्वीफ्ट शुल्कबापत ३ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्ष कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्कबापत ८ करोड ३४ लाख रुपैयाँ, सेवा शुल्कबापत २८ करोड ८४ लाख रुपैयाँ, प्रतिवद्धता शुल्कबापत २९ लाख ५५ हजार रुपैयाँ, डिडि/टिटि/स्वीफ्ट शुल्कबापत ३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्कबापत २१ करोड ५१ लाख रुपैयाँ, पूर्वभुक्तानी तथा स्वाप शुल्कबापत २ करोड ९० लाख रुपैयाँ, विप्रेषण शुल्कबापत ९ करोड ८३ लाख रुपैयाँ, प्रतितपत्रबाट कमिशनबापत १८ करोड २३ लाख रुपैयाँ, जमानतपत्र जारीबाट कमिशनबापत १५ करोड ६३ लाख रुपैयाँ, लकर भाँडाबापत २ करोड १४ लाख रुपैयाँ र अन्य शुल्क तथा कमिशन आम्दानीबापत ४२ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ ।

अघिल्लो वर्ष क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्कबापत २० करोड ३९ लाख रुपैयाँ, पूर्वभुक्तानी तथा स्वाप शुल्कबापत ९७ लाख ५३ हजार रुपैयाँ, विप्रेषण शुल्कबापत ९ करोड ४१ लाख रुपैयाँ, प्रतितपत्रबाट कमिशनबापत १४ करोड रुपैयाँ, जमानतपत्र जारीबाट कमिशनबापत १४ करोड २० लाख रुपैयाँ, लकर भाँडाबापत १ करोड ८८ लाख रुपैयाँ र अन्य शुल्क तथा कमिशन आम्दानीबापत ३३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

साथै बैंकले गत वर्ष एटीएम व्यवस्थापन शुल्क, कार्ड सम्बन्धित शुल्क, रेमिटेन्स शुल्क र आयोग/टीटी/स्विफ्ट शुल्कबापत २९ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष सोही सूचकमा बैंकले २७ करोड १९ लाख रुपैयाँ खर्च गरेको थियो । जसमध्ये एटीएम व्यवस्थापनमा ५ करोड ६२ लाख रुपैयाँ, भिसा/मास्टर कार्डमा ७ करोड १८ लाख रुपैयाँ, डिडि/टीटी/स्विफ्टमा १ करोड १४ लाख रुपैयाँ, विप्रेषणमा ४ करोड ९१ लाख रुपैयाँ र अन्यमा १० करोड ६४ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष १ करोड ६,५ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष बैंकले १ करोड ५८ लाख २५ हजार रुपैयाँ सो शिर्षकमा खर्च गरेको थियो । गत वर्ष सामाजिक उत्तरदायित्व कोषमा ३ करोड ७० लाख ३२ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ३६ लाख २१ हजार रुपैयाँ कोषमा जम्मा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.