२०८१ असोज २९ गते ६:५४ विकासन्युज
काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज असोज २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली असोज ३० गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक ११ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख रुपैयाँ हुनेछ । कम्पनीको सभाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.