लघुवित्तमा बैंकहरूको डेढ खर्ब लगानी, ग्लोबल आइएमईको उच्च

  २०८१ असोज २९ गते १२:५३     विकासन्युज

काठमाडौं । बैंकहरूको लघुवित्त वित्तीय संस्थाहरूमा डेढ खर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनसम्म बैंकहरूले १ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाह गरेका हुन् । गत वर्षको साउनसम्म बैंकहरूले लघुवित्त संस्थालाई १ खर्ब ४४ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले लघुवित्तलाई दिएको कर्जा १३.८९ प्रतिशत अर्थात् २० अर्ब ९ करोड रुपैयाँ बढाएका हुन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लघुवित्तलाई दिने कर्जा बढाएको छ । यस बैंकले गत वर्षको साउनको तुलनामा ५४.१६ प्रतिशत बढाएर १२ अर्ब ४६ करोड रुपैयाँ कर्जा लघुवित्त संस्थाहरूमा प्रवाह गरेको हो । तर, लघुवित्त वित्तीय संस्थामा सबैभन्दा धेरै कर्जा भने ग्लोबल आइएमई बैंकले गरेको देखिन्छ । ग्लोबल आइएमई बैंकले १२.९२ प्रतिशत बढाएर १६ अर्ब ४२ करोड रुपैयाँ लघुवित्तमा कर्जा लगानी गरेको छ ।

यस्तै नबिल बैंकले ४३.८० प्रतिशत बढाएर १२ अर्ब ५४ करोड रुपैयाँ, सानिमा बैंकले ३०.७८ प्रतिशत बढाएर ५ अर्ब ४० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.६६ प्रतिशत बढाएर ५ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले १८.५५ प्रतिशत बढाएर ११ अर्ब ९५ करोड रुपैयाँ लघुवित्तलाई कर्जा लगानी गरेका हुन् ।

यस्तै एनएमबी बैंकले १५.८७ प्रतिशत बढाएर ८ अर्ब ६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १३.१३ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले १२.२५ प्रतिशत बढाएर ४ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकले १०.२० प्रतिशत बढाएर ६ अर्ब रुपैयाँ लघुवित्तलाई कर्जा दिएका हुन् ।

लक्ष्मी सनराइज बैंकले ९.०४ प्रतिशत बढाएर ८ अर्ब ५७ करोड रुपैयाँ, प्राइम बैंकले ७.५६ प्रतिशत बढाएर ९ अर्ब ६४ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ०.०२ प्रतिशत बढाएर ६ अर्ब ३७ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् ।

गत वर्ष लघुवित्तमा लगानी नगरेको प्रभु बैंकले यसपटक भने १० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । तर, यस अवधिमा विभिन्न ६ वटा बैंकले भने लघुवित्तमा जाने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले ३४.६७ प्रतिशत घटाएर ६ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन्स बैंकले २५.८८ प्रतिशत घटाएर १ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले २२.६२ प्रतिशत घटाएर ३ अर्ब २४ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् ।

यस्तै हिमालयन बैंकले १२.१२ प्रतिशत घटाएर ९ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ११.९३ प्रतिशत घटाएर १२ अर्ब ३१ करोड रुपैयाँ र एभरेष्ट बैंकले ७.४५ प्रतिशत घटाएर ७ अर्ब ५६ करोड रुपैयाँ लघुवित्त संस्थामा लगानी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.