कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र एलआईसीको हकप्रदमा आवेदन दिन पाउने

  २०८१ असोज २९ गते १६:५५     विकासन्युज

काठमाडाैँ । कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालकाे हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासनका लागि कार्तिक ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ ।

नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम हकप्रद निष्कासनको तयारी थालेका हुन् । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको हकमा २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पुँजी पु्र्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि कम्पनीहरु हकप्रदका लागि तातिएका हुन् ।

एलआईसी नेपालको हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । अब २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ हकप्रदबाट थपिँदा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ लाख रुपैयाँ हुन जान्छ ।

अर्थात, हकप्रद जारी पश्चात प्राधिकरणले तोके अनुसार कम्पनीको चाक्ता पुँजी पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.