कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पारित

  २०८१ असोज ३० गते १६:४१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।

उक्त वार्षिक साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.