प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो

  २०८१ कार्तिक १ गते १०:०९     विकासन्युज

काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको तलब तथा भत्ता वापतको खर्च १६.४४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९।०८० मा कम्पनीले कर्मचारीलाई दिने तलब तथा भत्ता वापतको खर्च १६.४४ प्रतिशतले बढेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा २५ करोड ३४ लाख ३७ हजार ६९९ रुपैयाँ तलब तथा भत्ता वापत खर्च गरेको छ । आव २०७८।०७९ मा यस्तो खर्च २१ करोड ७६ लाख ५३ हजार ७९९ रुपैयाँ थियो ।

आव २०७९।०८० मा कम्पनीले तलब वापत १० करोड १३ लाख ६९ हजार ८५० रुपैयाँ खर्च गरेको छ । २०७८।०७९ मा तलब वापत ९ करोड ३६ लाख ३३ हजार रुपैयाँ खर्च गरेको थियो । यसैगरी, आव २०७९।०८० मा भत्ता वापत ४ करोड ३२ लाख ६० लाख ७४६ रुपैयाँ, चाडपर्व भत्ता वापत १ करोड २२ लाख, उपदान वापत ८२ लाख ७२ हजार, सामाजिक सूरक्षा कोष वापत ९६ लाख, लिभ इन्क्यासमेन्ट वापत १ करोड ५० लाख रुपैयाँ कम्पनीले खर्च गरेको छ ।

यसैगरी, मेडिकल खर्च वापत ७२ लाख २१ हजार, बीमा वापत ३ लाख ७० हजार, प्रदर्शन बोनस वापत २५ लाख ८२ हजार, फोर्स लिभ वापत ७३ लाख ६९ हजार, इन्धन र कमुनिकेसन वापत ८४ लाख ५७ हजार, रिफ्रेसमेन्टका लागि २९ लाख ९१ हजार, कर्मचारी बोनस बापत २ करोड ८२ लाख ८८ हजार र अन्य कर्मचारी खर्च वापत १६ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.