२०८१ कार्तिक १ गते ८:१५ विकासन्युज
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले पारित गरेको लाभांश सिधैँ सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई १०.७३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा असोज २१ ग्तेदेखि आईपीएस मार्फत् जम्मा गरेको जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिएको कम्पनीले जनाएको छ ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.