१५ प्रतिशत लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

  २०८१ कार्तिक १ गते ११:०२     विकासन्युज

काठमाडौं । लाभांश पारित गर्न स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले कात्तिक ३० गते बिहान ११ बजे काठमाडौंमा २३औं वार्षिक साधारणसभा बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवदेन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदको निर्वाचन गर्नेछ ।

सभाले पुँजी वृद्धिअनुरूप हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कुनै उपयुक्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.