आर्थिक मन्दीको बीचमा भोकमरीसँग संघर्ष गर्दै अफगानी नागरिक

  २०८१ कार्तिक १ गते १२:०१     विकासन्युज

काठमाडौं । अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् । दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिबन्धहरूपछि आर्थिक पतनलगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पुर्‍याएकाे छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चारमध्ये एक जना भोकमरीको सामना गरिरहेका छन् ।

अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्त्वपूर्ण आवश्यकतामा जोड दिए ।

विश्व बैंकको दस्तावेजअनुसार अफगानिस्तानको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.