कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा उपलब्ध हुँदै, यस्ता छन् विशेषता

  २०८१ कार्तिक २ गते ११:५३     विकासन्युज

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । भिभाे भी ४० भी सिरिजको पछिल्लो संस्करण हाे ।

दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रीन) मा उपलब्ध भिभाे भी ४० ले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ ।

फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ ।

भिभो भी ४० लाइटमा ५००० एमएच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । फाेनकाे ब्याट्री लाइफ ४ वर्षकाे रहेकाे कम्पनीले जनाएकाे छ ।

यस स्मार्टफोनलाई आईपी ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ ।

भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भिभो भी ४० लाइट नेपाली बजारमा भित्र्याउन पाउँदा निकै खुसी व्यक्त गरेकाे बताए ।

डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले हरेक चलचित्र, संगीत ट्र्याक वा खेललाई जीवन्त बनाउने कम्पनीले विश्वास लिएकाे छ ।

फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्ने पनि जनाइएकाे छ ।

फाेनमा ८ + ८ जीबीको विस्तारित र्‍याम र २५६ जीबी स्टोरेज क्षमता रहेको छ ।

आगामी कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा मात्र ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दराजमा फाेनकाे अग्रिम बुकिङ गर्न सकिनेछ ।

साथै देशभरका मुख्य रिटेल स्टोरमा पनि फाेन उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.