युद्धमा घाइते इजरायली पूर्वसैनिकको अन्नपूर्ण यात्रा (फोटोफिचर)

  २०८१ कार्तिक २ गते १५:४४     जुली गिरी

काठमाडौं । अन्नपूर्ण सर्किटको ट्रेकिङमा ९४ भन्दा बढी इजरायली पदयात्रीहरूले हालचालै रोमाञ्चक अनुभव गरे । जसमध्ये ३४ जना विभिन्न युद्धमा घाइते भएका पूर्व सैनिकहरू थिए ।

पदयात्रामा १२ जना ह्वीलचेयर र २२ जना विभिन्न शारीरिक अपाङ्गता भएका व्यक्ति सहभागी थिए जसलाई पोटर र नेपाली गाइडले सहयोग गरिरहेका थिए ।

इजरायलीहरू ५ हजार ४१६ मिटरको थोराेङ ला पास पार गरेपछि खुसी मनाए । यो एक चुनौतीपूर्ण पदयात्रा हाे ।

यस समूहले ट्रकिङको क्रममा नेपालकाे संस्कृतिलाई बुझ्ने माैका पाएका थिए ।

मनाङबाट सुरु भएको उनीहरूकाे ट्रेकिङ याक खड्का, थोरङ ला फेदी, रङ्गला हाई क्याम्प हुँदै थोरङ्गला पास गरेर मुक्तिनाथ झरेपछि सकिएकाे थियाे ।

नेपालको सबैभन्दा कठिन पास पार गरेपछि उनीहरू निकै उत्साहित देखिन्थें । उनीहरू स्वदेश फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.