२०८१ कार्तिक २ गते १६:५० विकासन्युज
काठमाडौं । अमेरिकामा हालै आएको मिल्टन आँधीले ठूलो क्षति पुर्याएकाे छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा विनाशकारी आँधीमध्ये एक हो । आँधीका कारण आएको बाढी र तीव्र हावाका कारण करिब ३४ अर्ब डलरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
यस आँधीका कारण फ्लोरिडामा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै मानिसहरूको घरमा समेत ठूलो क्षति पुगेको छ ।
मिल्टनभन्दा दुई हप्ताअघि आएको हेलेन आँधीले करिब ४७.५ बिलियन डलरको क्षति पुर्याएको थियो । तर मिल्टन सबैभन्दा विनाशकारी आँधीमध्येको एक हो । यसमा तीव्र हावाहुरीका कारण करिब २२ अर्ब डलरको नोक्सानी भएको छ भने बाढीका कारण ६ अर्ब डलरको नोक्सानी भएकाे बताइएकाे छ ।
हेलेनले फ्लोरिडाको तटीय क्षेत्रहरूमा पनि विनाश निम्त्याएकाे थियो । हेलेनकाे पीडाबाट मुक्त हुन नपाउँदै मानिसहरू मिल्टनकाे शिकार भए । यसले फ्लोरिडाको बीमा बजारलाई समस्यामा पारेको छ ।
फ्लोरिडामा प्रीमियम
फ्लोरिडामा बीमा प्रिमियमहरू देशका बाँकी राज्यभन्दा धेरै छन् । सिटिजन्स प्रोपर्टी इन्स्योरेन्स कर्पोरेशन एक सरकार समर्थित गैर-लाभकारी घर बीमा कम्पनीसँग १३ लाख पाेलिसी छन् ।
यदि यो एक निजी कम्पनी भएको भए डुबिसकेकाे हुन्थ्याे । सरकारी कम्पनी भएकोले सबै दाबीहरू तिर्न सकोस् भनेर प्रिमियम अधिभार लगाउने अधिकार छ । तर यसले बीमा गर्ने व्यक्तिहरूमा बोझ बढाउने छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.