कार्यकर्तालाई रविको अपिल : राज्यले गरेको दादागिरी सामना गरौं

  २०८१ कार्तिक २ गते १८:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राज्यले गरेको दादागिरी मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

पक्राउ हुनुअघि आफ्नो धारणा राख्दै उनले सबैले मिलेर राज्यले गरेको दादागिरी सामना गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले आफूमाथि पूर्वाग्रहपूर्ण राजीनिति भएको दाबी गरेका छन् । लामिछानेलाई प्रहरीले रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो ।

अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको बारे संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.