पोखरामा रवि लामिछानेको समर्थनमा प्रदर्शन

  २०८१ कार्तिक ३ गते १३:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पाटी सभापति रवि लामिछानेलाई पक्राउ गरेकोमा पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ता उपस्थिति छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै उनलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको उनीहरूको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.