रेकर्ड बिन्दुबाट तल झर्याे अमेरिकी डलर, यूरोको भाउ झन् खस्किँदै

  २०८१ कार्तिक ४ गते ५:५८     विकासन्युज

काठमाडौं । आइतबार अमेरिकी डलरको मूल्य घटेको छ । नयाँ रेकर्ड बनाउँदै उच्च बिन्दुमा पुगेको मूल्य आइतबार भने घटेको देखिन्छ । तर, युरोपियन यूरोको मूल्य भने निरन्तर ओरालो लागिरहेको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.५४ रुपैयाँ र बिक्रीदर १४६.१९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७५.८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.९७ रुपैयाँ र बिक्रीदर १५५.६६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.३१ रुपैयाँ र बिक्रीदर ९७.७५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२७ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८९ रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३२ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७५ रुपैयाँ र बिक्रीदर १२.८१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५२ रुपैयाँ र बिक्रीदर १९.६० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.९४ रुपैयाँ र बिक्रीदर ४३९.८९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९८ रुपैयाँ र बिक्रीदर ३५७.५७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.