एनएमबि लघुवित्तको डीसीईओमा सजल खड्का नियुक्त

  २०८१ कार्तिक ४ गते १०:४१     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सजल खड्का नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गरेको हो ।

खड्कालाई कातिक १ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त भएकाे जनाइएको छ ।

लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभवी खड्काले यसअघि मातृभूमि लघुवित्तको डीसीईओ थिए । साथै उनले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालेका थिए ।

उक्त लघुवित्त मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्तको डीसीईओ बनेका थिए । साथै उनले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.