समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि, ५० देशका बीमा विज्ञ काठमाडाैंमा

  २०८१ कार्तिक ४ गते १७:२३     विकासन्युज

काठमाडाैं ।  समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भाेलि (सोमबार) देखि हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो ।

उक्त सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुनेछ । ५ दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर २५ तारिख (आइतबार) अन्त्य हुनेछ ।

प्यानल डिस्कसनमा हुने कार्यक्रममा विभिन्न देशमा समावेशी बीमा सम्बन्धमा भएका व्यवस्थाहरूका बारेमा छलफल हुने जनाइएको छ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी हुने अनुमान छ ।

नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरणका उपनिर्देशकहरू, निर्देशकहरू, अध्यक्ष र शाखा प्रमुख गरी कुल २५ जना सहभागी हुनेछन् । यसैगरी, नेपालमा रहेको सबै बीमा कम्पनीबाट प्रति कम्पनी ५ जनाका दरले सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.