सहकारी ठगी प्रकरण : सभापति लामिछानेमाथि अनुसन्धान गर्न अदालतले दियो ६ दिनको म्याद

  २०८१ कार्तिक ४ गते १७:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न ६ दिनकाे समय दिएको हो ।

लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे हाे । पक्राउ परेको दिनबाटै गणना गर्नेगरी म्याद थप भएकाे हाे ।

सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि आज स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेकाे थियाे ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेले आफू निर्दाेष रहेकाे बयान दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.