चुनावमा होमियो सीईडीबी हाइड्रोपावर, एकै पटक ५ जना सञ्चालक चयन हुने

  २०८१ कार्तिक ५ गते ६:५८     विकासन्युज

काठमाडौं । सञ्चालकहरूको निर्वाचन गर्न सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले विशेष साधारण सभा कात्तिक २० गते बिहान ८ बजे डाकेको हो ।

कम्पनीको सभाले ५ जना सञ्चालकको निर्वाचन गरी नियुक्ति गर्नेछ । यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।