आज अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री, विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकमा भाग लिने

  २०८१ कार्तिक ५ गते १६:४७     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार अमेरिका प्रस्थान गर्दैछन् ।

उनी विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् ।

उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.