टाटाकाे एस इभी फ्ल्याटबेड र सिएलभी इटहरीमा पनि पाइने, ५० हजार छुटका साथै अन्य सुविधा

  २०८१ कार्तिक ५ गते १९:१६     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ ।

दशैं-तिहार विशेष छुट अफरसहित गाडी सार्वजनिक गरिएकाे हाे ।

ग्राहकहरूले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार र सिएलभी २२ लाख ७९ हजार रुपैयाँमा उपलब्ध गराइएकाे सिप्रदी ट्रेडिङले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ गर्ने ग्राहकलाई यस योजनाअन्तर्गत माथि उल्लेखित गाडीमा ५० हजार रुपैयाँसम्मको विशेष नगद छुटको व्यवस्थासमेत गरेको छ ।

यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बीमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैले नै बेहाेर्ने जनाइएकाे छ ।

गाडी लन्चिङ कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक दिवशबाबु सुवेदीले विद्युतीय गाडीको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त भएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.