२०८१ कार्तिक ६ गते ११:४० विकासन्युज
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।
मंगलबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो ।
त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर तोलाको २ हजार १०० रुपैयाँ पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.