‘टियागो इभी धनतेरस एक्सचेङ धमाका’ सार्वजनिक, हरेक बुकिङमा सुनको असर्फी आइफोन १६ प्रो

  २०८१ कार्तिक ६ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका सार्वजनिक गरेकाे छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडी टाटा टियागो इभीसँग साट्न सकिनेछ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभी धनतेरस एक्सचेन्ज धमाका देशैभरिका शोरुममा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्नसक्ने बताइएकाे छ । धनतेरस एक्सचेङ धमाका ३ दिनका लागि मात्र लागू हुनेछ ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक रहेकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.