‘ग्रो’ले ठाउँ फेरेको करमात्र २१ अर्ब ५२ करोड बढी तिर्‍यो

  २०८१ कार्तिक ६ गते १८:३७     विकासन्युज

काठमाडौं । स्टक ब्रोकिङ प्लेटफर्म ग्रोले यस वर्षको मे महिनामा आफ्नो मूल इकाई अमेरिकाबाट भारतमा सार्‍यो । यसका लागि कम्पनीले अमेरिकामा १६० मिलियन अमेरिकी डलर (२१ अर्ब ५२ करोड बढी) तिर्नुपर्‍याे ।

जसकारण गत मार्च ३१ मा समाप्त हुने आर्थिक वर्षमा कम्पनीले ९६ मिलियन डलर (१२ अर्ब ९१ कराेड बढी) घाटा भयाे ।

यसभन्दा पहिला वालमार्टको स्वामित्वमा रहेको फोनपे अक्टोबर २०२२ मा सिंगापुरबाट भारतमा सरेको थियो । उसले भारत सरकारलाई एक अर्ब भारु कर तिरेकाे थियाे।

फाेनपेले आफ्नाे भारतीय र सिंगापुर एकाइहरूबीच सेयर स्वेप सम्झौता कार्यान्वयन गरेको थियो । तर ग्रोले आफ्नो अमेरिकी मूल इकाईलाई आफ्नो भारतीय इकाईमा मर्ज गरेको छ । जसकारण उसले अमेरिकामा कर तिर्नुपरेको हाे ।

किन ठेगाना सार्दै छन् कम्पनीहरूले ?

इटीले मेमा रिपोर्ट गरेको थियो कि यदि रेजरपे अमेरिकाबाट भारतमा सर्‍याे भने २०० मिलियन (२६ अर्ब ९० करोड बढी) कर तिर्न सक्छ । भारतका वित्तीय नियामकहरूले कम्पनी र तिनका सहायक कम्पनीहरू देशभित्रै रहेको चाहन्छन् । यस संरचनामा समायोजन गर्न फिनटेक कम्पनीहरू भारतमा सर्न बाध्य छन् । साथै आईपीओको सम्भावनाले पनि यस कदममा महत्त्वपूर्ण भूमिका खेल्छ ।

ललित केश्रे, हर्ष जैन, नीरज सिंह, र इशान बन्सलद्वारा सन् २०१७ मा ग्रो स्थापित भएकाे थियाे । याे स्टक ब्रोकिङ प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई स्टक, एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफएस ) र आईपी‌ओमा लगानी गर्न अनुमति दिन्छ ।

ग्रोव इन्भेष्ट टेक बिलियनब्रेन्स ग्यारेज भेन्चर्सको सहायक कम्पनी हो, जसले नियोबिलियन फिनटेक, ग्रोव एसेट म्यानेजमेन्ट, ग्रोव पे सर्भिस, ग्रोव इन्स्योरेन्स ब्रोकिङ, बिलियनब्लक फिनसर्भ जस्ता संस्थाहरू पनि सञ्चालन गर्दै आइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.