तीन महिनामै ८ बैंकको अर्ब बढी नाफा, नबिलले २ अर्ब कमाउँदा यी ५ बैंकबीच प्रतिस्पर्धा

  २०८१ कार्तिक ७ गते ९:२४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो भनेको २१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

पहिलो त्रैमासमा ८ वटा बैंकले एक अर्ब बढी नाफा गरेका छन् । बैंकहरूको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ ।

तीन महिनाको अवधिमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले नाफा एक अर्ब बढी कमाएका हुन् ।

यो अवधिमा नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।

ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख, प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख, एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

तीन महिनाको अवधिमा नबिलले करिब ४० प्रतिशतले नाफा बढाएको छ भने ग्लोबलले २३.३६ प्रतिशत, प्राइमले ११.७५ प्रतिशत, एनएमबिले १९ प्रतिशत, एभरेष्टले ४४ प्रतिशत, कुमारीले ३०८ प्रतिशत र प्रभुले ०.६२ प्रतिशत नाफा बढाएको छ । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने करिब ४ प्रतिशतले घटेको छ ।

यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, यो अवधिमा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमाले ३९ करोड ९५ लाख र सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आवको सोही अवधिको तुलनामा ७९१ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा यस बैंकको नाफा ४२ लाख रुपैयाँ मात्रै थियो ।

यस्तै, सिटिजन्स बैंकले २४ करोड ६ लाख, कृषि विकासले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एशिया बैंकले ११ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.