तिहारका लागि भक्तपुरका कुमाले पाला बनाउन व्यस्त (फोटोफिचर)

  २०८१ कार्तिक ७ गते ११:३२     विकासन्युज

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदाय पाला बनाउन व्यस्त छन्।

आकर्षक माटोको भाडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन ।

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जबाट समेत माग हुँदै आएकाे छ ।

भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाे एक स्थानीयले जानकारी दिए ।

विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्थे । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ ।

थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ ।

तस्बिरहरू:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.