भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

  २०८१ कार्तिक ७ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ ।

एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भीजी सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटमार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने साझेदारी भएकाे हाे ।

साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ ।

यो सम्झौतामा ग्राहकहरूले २४ महिनासम्मको किस्ताबन्दीमा ईएमआईविकल्पमार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रूपमा फाइनान्सिङ सुविधाको लाभ प्राप्त गर्न सक्दछन् ।

कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका भी-स्ट्रोम, जिक्सर, हयाते, ईन्ट्रूडर, एभीनीस, एसेस, बर्गम्यान आदि मोडलका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.