२०८१ कार्तिक ७ गते १६:४७ विकासन्युज
कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा चार करोड ५५ लाख ६७ हजार आठ सय रुपैयाँ, भदौमा तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ रुपैयाँ र असोजमा चार करोड १५ लाख ६५ हजार आठ सय ४६ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व संकलन गरेको उनले बताए ।
कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिए ।
एक महिना अघि सरुवा भएर यहाँ आएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताए । कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०र८१ मा ६३ करोड १५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा संघीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.