३ महिनामा करिब ४ खर्ब व्यापार घाटा

  २०८१ कार्तिक ७ गते १७:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा आयात/निर्यातसँगै व्यापार घाटा पनि घटेको छ । चालु आवको तीन महिना (साउन, भदौ र असोज)मा आयात ४.१७ प्रतिशतले घट्दा निर्यात ६.११ प्रतिशतले घटेको छ ।

यसैगरी, व्यापार घाटा ३.९६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालु आवको यो तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको छ ।

यस्तो आयात गत आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको थियो । यसैगरी, यो अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत आवकाे सोही अवधिमा यस्तो निर्यात ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ थियो ।

समग्रहमा यो तीन महिनामा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा लागेको छ । गत आवकाे सोही अवधिमा यस्तो घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो ।

यो अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग व्यापार गरेको छ । भारतबाट २ खर्ब ४० खर्ब ९२ करोड ५९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको निर्यात गरेको छ । भारतसँग मात्रै ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा लागेको छ ।

यसैगरी, चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख रुपैयाँको आयात गर्दा ५५ करोड ५ लाख रुपैयाँको निर्यात गरेको छ । चीनसँग ७८ अर्ब ८ करोड व्यापार घाटा लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.