नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

  २०८१ कार्तिक ८ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालगायत पदाधिकारीहरूकाे उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.