रविको पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन

  २०८१ कार्तिक ९ गते १५:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

गत शुक्रबार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरूसम्म सहभागी बनेका थिए ।

सभापति लामिछानेमाथि सहकारी गठी र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।

आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरूले बताएका छन् । उनीहरूले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकारविरोधी नारा लगाइ विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.