२०८१ कार्तिक ९ गते १६:४९ विकासन्युज
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।
राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए । उनका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरूको उपस्थिति थियो ।
राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले छ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्याएका थिए। विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव भएका थिए ।
नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष भएका राण हाल आजीवन मानर्थ अध्यक्षको रुपमा रहेका संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।
राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.