कामना सेवा विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने

  २०८१ कार्तिक ९ गते १७:२६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुसासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभामा पेस गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरू तथा सरोकारवालाहरूलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्बाेमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघारवटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरू समावेश छन् ।

साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरू प्रदान गर्दै आइरहेको छ ।

बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालवाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’ मा वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्डसमेत प्राप्त गर्न सफल भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.