विद्युत महशुलको विवादबारे सरकारी निकायहरुको साझा धारण हुनुपर्ने

  २०८१ कार्तिक १० गते १७:२९     विकासन्युज

विराटनगर । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बन्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरु बिच आपसी समन्वय नहुदा औद्योगिक एवं लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ ।

लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले शुक्रबार उद्योगहरुमा पुनः लाईन काटेपछि उत्पन्न परिस्थितीलाई लिएर संगठनले विवाद समाधान गर्ने भन्दा पनि सरकारी निकायहरु बिचमै आफ्नो अनुकुलतामा कहिले लाईन काट्ने कहिले जोड्ने श्रृङ्खला चलेको र यस प्रकारको कार्यले औद्योगिक वातावरण सुद्दृड हुन नसक्ने जनाएकोे छ ।

विवाद समाधानका लागी जिम्मेवार निकायहरु नेपाल विद्युत प्राधिकरण, नेपाल सरकार तथा अन्य सम्बन्ध सरकारी निकायहरु बिच यस्तो संवेदनशिल विषयका सम्बन्धमा एउटै धारणाका साथ आउनु पर्नेमा तत् निकायहरु बिच मै यो तहको ढिलाई, लिङंरिङ तथा फरक फरक व्याख्या हुने, एउटा विवादको निरुपण यति लामो समयसम्म हुन नसक्दा औद्योगिक वातावरण प्रभावित हुने भन्दै यो विवादको यथाशक्य न्यायोचित समाधान गर्न सरोकारवाला सबैलाई संगठनले अपिल गरेको छ ।

गलत गर्नेले उन्मुक्ती कदापी पनि पाउनु हुदैन भन्ने कुरामा संगठन स्पष्ट रहेको जनाउँदै संगठनले जिम्मेवार निकायहरुले समन्वयात्मक ढंगबाट यो विवादित समस्याको तत्काल समाधान गरि समग्र नीजि क्षेत्रप्रति बढ्दै गरेको नकारात्मक भाष्यप्रति संवेदनशिल हुन नेपाल सरकार तथा सम्बन्धी सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.